चितुवाको छालासहित दुई जना पक्राउ


१४ माघ २०७६, मंगलवार
leopard skin 2gSDYPZF34

दाङ, १३ माघ । प्रहरीले चितुवाको छालासहित दाङबाट दुई जनालाई पक्राउ गरेको छ ।
दंगिशरण गाउँपालिका–१ का चेतबहादुर पुन र २४ वर्षीय सौगात घर्तीलाई प्रहरीले चितुवाको छालासहित सोमबार बेलुकी ५ बजे घोराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चितुवाको छाला बोकेर हिंडिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पछ्याउँदै जाने क्रममा दाङ घोराही उपमहानगरपालिका– १४ को नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

उनीहरुले बोकेको झोला जाँच गर्दा झोलाभित्र प्लास्टिकको बोरामा लुकाइ राखेको टाउको (बङ्गरा) देखि पुच्छरसम्मको पूरै भाग भएको चितुवाको छाला भेटिएको हो । उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत, प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७