‘ताप्लेजुङ साँझ’को तयारी पुरा


१४ माघ २०७६, मंगलवार
Melina Rai

काठमाडौं, १४ माघ :  ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापनार्थ हुने ‘ताप्लेजुङ साँझ’को तयारी पुरा भएको आयोजकले जनाएको छ । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा यही माघ १७ गते ‘ताप्लेजुङ साँझ’ हुदैछ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको  केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताए । साँझमा ताप्लेजुङका कलाकार सहित अन्य चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ ।

ताप्लेजुङका कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन र उत्थानका लागि ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापनार्थ कार्यक्रमको आयोजना गर्न लागिएको साँवाको भनाई छ ।

साङ्‍गीतिक र सांस्कृतिक प्रवर्द्धसँगै भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर गरेर आयोजना गरिएको लागिएको कार्यक्रममा दर्जन बढी कलाकारहरुको प्रस्तुती रहनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा करिब १५ सय दर्शक उपस्थित हुने बताइको छ । कार्यक्रम माघ १७ गते दिउँसो ३ बजेदेखि करिब ३ घन्टा चल्नेछ।

कार्यक्रमको संयोजन केन्द्रका उपाध्यक्ष बलबहादुर तामाङले गरेका छन् । संगीत तर्फको संयोजन कलकार माधव प्रधान र अशोक लोहरुङ राईले गर्नेछन् । 

कार्यक्रममा ताप्लेजुङकै कलाकारहरू गजुरेल, झुमा लिम्बू, सुशन साम्सोहाङ, कुशल थलङ, कञ्चन थलङ, विना भट्टराई, पदम राई, तारा थेबे, जसोदा सुब्बा, मोहन मादेन, सुष्मा लिवाङसँगै, अतिथि कलाकारहरू राजेशपायल राई र मेलिना राईको प्रस्तुति रहनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७