रूपन्देहीमा तीन वटा ट्रक जुध्दा तीन जनाको मृत्यु, नौं जना घाइते


१४ माघ २०७६, मंगलवार
truck

बुटवल, १४ माघ । रूपन्देहीको रोहिणीमा तीन वटा ट्रक आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने नौं जना घाइते भएका छन् ।

भैरहवाबाट परासी जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रकमा मंगलबार बिहान ठोक्किँदा तीन जनाको ज्यान गएको हो ।

तीन जनाको घटनास्थलमै ज्यान गएको जनाएको र मृतक कसैको पनि सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । यीमध्ये ४ को अवस्था गम्भीर छ ।

उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका इन्स्पेक्टर केशव ज्ञवालीले जानकारी दिएका छन् । बाक्लो हुस्सु र कुहिरोले दुर्घटना भएको अनुमान गरिए पनि वास्तविक कारण खुलेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७