आज दुबै सदनको बैठक बस्दै, विभिन्न विधेयक अघि बढाउने रणनीतिमा नेकपा

सभामुख सापकोटाले पहिलोपल्ट प्रतिनिधिसभा वैठक सञ्चालन गर्दै


१४ माघ २०७६, मंगलवार
samsad

काठमाडौं, १४ माघ । आज (मंगलबार) संसदका दुवै सदनले बैठक बस्ने भएको छ । दुबै सदनको बैठक दिउँसो १ बजेका लागि डाकिएको छ ।

प्रतिनिधि सभाको बैठक नव निवाचित सभामुख अग्नि खरेलले सञ्चालन गर्नेछन् । आइतबार उनी सभामुखमा सर्वसम्मतले निर्वाचित भएका थिए । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका उनले आजदेखि बैठक सञ्चालन गर्ने छन् ।

आजको बैठकमा दलीय आधारमा सांसदहरूले नव निर्वाचित सभामुखलाई बधाई दिने कार्यसूचीमा उल्लेख छ । त्यसपछि प्रधानमन्त्री ओलीले न्यायपरिषद, लोकसेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोगलगायत आठ निकायका वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

आजै १ बजे शुरू हुने राष्ट्रियसभा बैठकमा पनि प्रधानमन्त्री ओलीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक, भ्रष्टाचार निवारणसम्बन्धी विधेयक र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पेश गर्ने तयारी छ ।

सभामुखमा अग्नि सापकोटा निर्वाचित भएपछि पहिलो पटक उनको अध्यक्षतामा बैठक बस्न लागेको हो । वैठकमा नियमित कारवाही अघि बढेपछि लामो समयदेखि संसदमा विचाराधीन र टेबल गर्नुपर्ने विधेयकले पनि प्रवेश पाउने छन् ।

विधेयक अधिवेशनको रुपमा लिइने यो हिउँदे अधिवेशनले थुप्रै विधेयकहरु पारित गर्नुपर्ने छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विवादित बनेका केही विधेयकहरु पारित गराउने रणनीतिमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७