चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०६ पुग्यो, बढाइयो बिदा


१४ माघ २०७६, मंगलवार
korona 4

काठमाडौं, १४ माघ । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०६ पुगेको छ ।
चीनको खुबे प्रान्तमा मात्रै कोरोनाको संक्रमणबाट मर्नेको संख्या ५६ बाट ७६ पुगिसकेको छ । यस्तै चीनको अन्य भागमा भने हालसम्म ६ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ ।

चीनसँगै विश्वका अन्य देशमा समेत यस भाइरसका संक्रमितहरु भेटिएका छन् । चीन बाहिर यो ४४ को संख्यामा रहेको जनाइएको छ । कोरोना भाइरसबाट चीनमा तीन हजार बढी संक्रमित भइसकेका छन् ।

चीनको खुबे प्रान्त प्रशासनका अनुसार मंगलबारसम्म प्रान्तमा १३ सय संक्रमित भएको जानकारी प्राप्त भएको जनाएको छ । संक्रमितको संख्या बढ्न थालेपछि चीनको प्रशासनले प्रतिबन्धलाई अझ कडा पारेको छ । यसका साथै चीन सरकारले आफ्ना नागरिकहरुलाई विदेश नजान समेत आग्रह गरेको छ ।

यसैगरी अमेरिकाले पनि आफ्ना नागरिकहरुलाई चीनको यात्रामा ननिस्कन यात्रा निर्देशन जारी गरेको छ ।

korona 3

भूताहा शहरमा बन्दै वुहान
खाली सडक, खाली सपिङ मल, खाली कुर्सी, सुनसान खेल मैदान र यदाकदा गुड्ने एम्बुलेन्स । कोरोना भाइरसको चपेटामा आएपछि वुहान शहरको पछिल्लो हालत हो यो ।

चीन सरकारले वुहानसहितका आसपासका शहरमा भाइरसको संक्रमण नफैलियोस् भनेर आवागमनमा पूर्ण प्रतिबन्ध लगाएको छ । चीनमा हालसम्म यो भाइरसबाट पीडित हुनेको संख्या तीन हजार बढी पुगिसकेको छ ।

चीन बाहेक यसका संक्रमितहरू नेपाल, जर्मनी, फ्रान्स, अमेरिका तथा अस्ट्रेलियामा भेटिएका छन् । संक्रमित भेटिए पनि कसैको मृत्यु भने भएको छैन ।

गएको सोमबार मात्र चीनको राजधानी बेइजिङमा ५० वर्षिय एक व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको थियो । बेइजिंमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।

बढाइयो बिदा
कोरोना संक्रमणबाट सावधानी अपनाउँदै चीन सरकारले शांघाइ शहरमा १० फरवरीसम्म कार्यालयहरू खोल्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध चिकित्सा तथा औषधि कम्पनी बाहेकलाई लगाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७