ट्रकले मान्छे किचेर २० मिटरसम्म घिसार्‍यो, वीरेन्द्रनगर तनावग्रस्त


१४ माघ २०७६, मंगलवार
tipper hit ya33nRKKYN

सुर्खेत, १४ माघ । सुुर्खेतको वीरेन्द्रनगरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको ज्यान गएको छ ।

मङ्गलबार बिहान टिप्परले ठक्कर दिंदा कालिकोट महावै गाउँपालिका–३ का २० वर्षीय केशर सिंहको ज्यान गएको हो । सिंह सवार भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । सिंहलाई टिप्परले किचेर झण्डै २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए । सिंहका आफन्तले अहिले जुम्ला सडकको यरिचोक र गौतम चोकमा आक्रोशित हुुँदै टायर बालेर प्रर्दशन गरिरहेका छन् । प्रदर्शनका कारण वीरेन्द्रनगर तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७