सुशासन र विकासमा केन्द्रित भएर अघि बढ्नु आजको आवश्यकता : प्रधानमन्त्री (लाइभ)


१४ माघ २०७६, मंगलवार
kp oli 1

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासमा केन्द्रित भएर सबै क्षेत्र अगाडि बढ्नु आजको आवयकता भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विचार र आस्था जतासुकै भए पनि अब समाजलाई अगाडि बढाउने गरी सबै लाग्नु पर्ने बताएका छन् । बैठकलाई सम्बोधन गर्दै उनले नव निर्वाचित सभामुखलाई बधाई दिएका छन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका अग्निले आजदेखि बैठक सञ्चालन गरेका हुन् । आजको बैठकमा दलीय आधारमा सांसदहरूले नव निर्वाचित सभामुखलाई बधाई दिने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७