‘ग्याङफाइट’ गम्भिर घाइते मुखियाको मृत्यु


१४ माघ २०७६, मंगलवार
mukhiya

मोरङ, १४ माघ । रक्सी पिएर भएको ग्याङफाइटमा गम्भिर घाइते मोरङका एक युवकको उपचारको क्रममा निधन भएको छ ।

मोरङको धनपालथान गाउँपालिका–४ का ३८ वर्षीय विशुनदेव मुखियाको मृत्यु भएको हो । गत माघ ४ गते धनपालथान गाउँपालिका–४ को एक होटलमा मादक पदार्थ सेवन गरी भएको वादविवाद र कुटपिटबाट घाइते भएका मुखियाको उपचारको क्रममा सोमबार राति न्युरो अस्पतालमा मृत्यु भएको हो ।

कुटपिटमा संग्लग्न रहेका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनिराम मुखिया, हरिओम महतो, मणिचन्द्र महतो, रामविलास महतो र ३२ शंकर महतोलाई इलाका प्रहरी कार्यालय रङ्गेलीले नियन्त्रणमा लिएको हो ।

मुखिया र रामविलासको समूहबीच ग्याङफाइट भएको थियो । यसैगरी कुटपिटमै संलग्न रहेका किसन महतो र जमुनाकुमारी महतो भने सामान्य घाइते छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७