संसदमा प्रधानमन्त्रीको सम्वोधन : एमसीसी पास गरिनु पर्छ, पछि स-विस्तार भनौंला


१४ माघ २०७६, मंगलवार
kp oli 1

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्नुपर्नेलगायत धेरै काम बाँकी रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले नव निर्वाचित सभामुख अग्निप्रसाद सापकोटोलाई बधाइ दिंदै भने, ‘संसदमा थुप्रै काम बाँकी छन् त्योमध्ये एमसीसी पारित पनि गर्नुपर्ने छ । जसको सम्बन्धमा सविस्तार पछि भन्ने छु ।’

सभामुख सापकोटालाई बधाइ दिंदै ओलीले भने, ‘खुशीको कुरा सभामुख सर्वसम्मत निर्वाचित भएकोमा बधाइ छ । यो राम्रो कुरा हो । संविधानको परिपालना र कानुनसम्मत संसदलाई अगाडि बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु । मेरो पूर्ण साथ र सहयोग हुनेछ । सकारात्मक भूमिकामा साथ हुनेछ ।’

उनले तीब्र गतिमा अगाडि बढेको दुनियाँलाई पक्रिन नसके पछि परिने पनि बताए । ‘दुनियाँ तीब्र गतिमा अघि बढेको छ । विकासलगायतले अघि बढेको छ । हामीले त्यो गति पक्रिन सकेनौं भने पछि पर्छौ ।’

‘हामीले लडेर ल्याएको प्रणाली, संविधान अनुसारको कानुन निमार्णमा सरकार कटिवद्ध छ । साना कुरा र अनावश्यक बहसमा अल्झिनु हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘हिजो हामी लोकतन्त्रको लडाईमा सँगै थियौं । हाम्रा तरिका बाटा अलि फरक भए पनि गन्तव्य एउटै थियो । त्यसकारण ठूला असहमतिका कारण पनि सहमतिमा थियौं ।

उपलब्धिको अर्थ र मर्म स्वीर्कायता र संस्थागत गर्ने संविधान र अब समाजलाई अगाडि बढाउने यात्रामा छौं । हाम्रो समाजको चरित्र पनि त्यस्तै छ ।’ लामो समयपछि बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासलाई सँगसँगै अघि बढाउनु पर्ने आवश्यकता रहेको औंल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७