प्रधानमन्त्रीलाई देउवाको प्रश्न, ‘कहाँबाट आउँदैछ धक्का, जानकारी पाउँ’


१४ माघ २०७६, मंगलवार
deuwa

काठमाडौं, १४ माघ । प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले धक्काको कुरा गरेको भन्दै त्यसको जानकारी पाउनु पर्ने बताएका छन् ।

‘प्रधानमन्त्रीजीले धक्काको कुरा गर्नु भएको छ, धक्का भनेको के हो ? कहाँबाट आउने धक्का हो’, मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले थपे, ‘ठूलो धक्का आउँदैछ रे नेपालमा, कहाँबाट आउँदैछ यो हामीले पनि जानकारी पाउँ ।’

यसअघि संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागिएको तर शुरुवातमै केही धक्का देखिएको बताएका थिए । उनले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै प्रजातन्त्र र लोकतन्त्रको कुरा गर्नु गर्दा खुशी लागे पनि व्यवहारमा त्यस्तो हुन नसकेको बताएका छन् ।

देउवाले प्रेस स्वतन्त्रतामा बन्देज लगाउने गरी विधेयक ल्याएको भन्दै त्यसलाई खारेज नगरिए प्रधानमन्त्रीले भने जस्तो प्रजातन्त्र र लोकतन्त्र हुन नसक्ने तर्क गरे । यस्तै उनले सरकारले ल्याएका विभिन्न विधेयकहरु लोकतन्त्र प्रतिकूलका रहेका भन्दै त्यसबारे पनि पुनर्विचार गरिनुपर्नेमा जोड दिएका छन् ।

सभापति देउवाले नव निर्वाचित सभामुख अग्नि सापकोटालाई बधाइ दिँदै सापकोटालाई प्रतिपक्षीको पूर्ण साथ र सहयोग रहने बताएका छन् । प्रतिपक्षलाई पनि विस्वासमा लिएर अघि बढ्न समेत देउवाले सुझाव दिएका छन् ।

‘मुस्किलले ढिलै भए पनि सभामुख चयन हुनु भएकोमा सभामुखजीलाई बधाइ दिन चाहन्छु । तपाईको कार्यकालको लागि पूरा पूरा सहयोग हुन्छ, त्यसका लागि मेरो अहिले नै शुभकामना छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७