सभामुखको वरियता पाँचौ नम्बरमा राखिनु वेठिक : डा. बाबुराम भट्टराई

‘पछिल्ला दिन तोकिएका प्रदेश राजधानी र नाम पञ्चायतको अञ्चल भन्दा फरक छैन’


१४ माघ २०७६, मंगलवार
baburam 1

काठमाडौं, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुखको वरियता पाँचौ नम्बरमा राखिनु वेठिक भएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेक डा. भट्टराईले सभामुखलाई प्रधानमन्त्री र प्रधानन्यायधीश भन्दा माथिको वरियता क्रममा राखिनु पने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले भने, ‘नीति निर्माण गर्ने मुख्य भूमिका सभामुखको रहने हुँदा उनलाई राष्ट्रपति, उपराष्ट्रपतिपछि राख्नु पर्छ ।’

नव निर्वाचित सभामुख अग्नि सापकोटालाई बधाई दिँदै डा. भट्टराईले द्वन्द्वकालीन मुद्दा एक एक गरी उठाउनु भन्दा पनि समग्र र राजनीतिक रुपमा समाधान गरिनु पर्ने विचार व्यक्त गरेका छन् । उनले रेशम चौधरीको मुद्दा पनि राजनीतिक रुपमै हल गरिनु पर्ने बताएका छन् ।

यस्तै डा. भट्टराईले संघीयता र समावेशिता नाम मात्रको भएको टिप्पणी गर्दै थपे, ‘संघीयता र समावेशिता खोसियो, पछिल्ला दिन तोकिएका नाम र राजधानी हेर्दा हिजो पञ्चायतको अञ्चल भन्दा फरक छैन । यो जनयुद्ध, मधेस र थरुहट आन्दोलनबाट प्राप्त गरेको उपलब्धिको विरुद्धमा छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७