अबको दुई सातामा अवकास हुँदै आइजीपी खनाल, को आउँलान् नयाँ आइजीपी ?


१४ माघ २०७६, मंगलवार
IGP Sarbendra khanal

काठमाडौं, १४ माघ । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र अबको दुई सातापछि अवकास हुँदैछन् । खनाल २०७६ माघ २८ मा अवकाश हुँदैछन् । खनालको अवकासपछि डीआईजीबाटै आइजीपी बढुवा हुनेछन् । डीआईजीत्रय ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय आइजीपीका दाबेदार देखिएका छन् ।

यी तीन डी डीआईजीमध्येबाट ज्ञवाली नै बरिष्ठताका आधारमा आइजीपी हुने निश्चित जस्तै देखिएको गृह स्रोतले जानकारी दिएको छ । केपी ओली नेतृत्वको सरकारले खनाललाई पनि बरिष्ठताका आधारमै आइजीपी नियुक्त गरेकाले ज्ञवाली नै भावी प्रहरीको नेतृत्वमा पुग्ने कुरा अनुमान गरिएको स्रोतको दावी छ ।

ज्ञवाली आइजीपी भएमा उनको कार्यकाल ४ महिना २४ दिन मात्र हुनेछ । ३० बर्षे सेवावधि हटेमा उनले ३ बर्ष नै आइजीपी सम्हाल्ने छन् । ३० बर्षे सेवावधिको प्रावधान नहटेमा उनी आगामी २०७७ असार २४ मा अवकाश हुनेछन् । उनीपछि आइजीपीका दाबेदारहरुमा डीआईजीपीहरु शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, प्रद्युम्न कार्की, निरजबहादुर शाही हुन् ।

बरिष्ठताका आधारमा थापा आइजीपीका दाबेदार भए पनि यो समूहमा सबै काबिल डीआइजीहरु भएकाले चर्को प्रतिस्पर्धा रहेको छ । यो समूहका डीआइजीहरुमा क्षमता र पहुँचका हिसाबले पनि रोचक प्रतिष्पर्धा छ ।

यो समूहलाई नै उछिनेर आइजीपी महानगरीय आयुक्त डीआईजीपी विश्वराज पोखरेलले बाजी मारे भने पनि अन्यथा हुने छैन । आफ्नो समूहका सबैलाई उछिनेर डीआइजी पदमा बढुवा भएका उनी अघिल्लो समूहका शैलेश थापा र हरि पालहरुलाई नै उछिनेर प्रहरीको नेतृत्वमा पुग्ने सम्भावना पनि छ । शैलेश थापाको समूहबाट आइजीपी भएमा २०७९ बैशाखसम्म नै कार्यकाल हुनेछ ।


त्यसबीचमा डीआइजी पोखरेल उमेरका कारण एआइजीबाटै अवकाश हुनेछन् । उमेरका कारण छिटो अवकाश हुने रहेकाले थापा र पालको समूहलाई उछिनेर आइजीपी हुने सम्भावना पनि छ ।

शैलेश थापा क्षेत्री र विश्वराज पोखरेलको जन्ममिति २०२३ साल हो । पोखरेल २०२३ माघमा जन्मिएका हुन् । थापाको समूहका ४ डीआइजीमध्येबाट आइजीपी भएमा पोखरेलको आइजीपी हुने संभावना अन्त्य हुनेछ । हरि पालको जन्ममिति २०२५ र शाहीको २०२६ हो ।

एआइजी बढुवामा पनि पोख्रेललाई बढी नै सकस छ । २०७६ माघ २८ मा सर्वेन्द्र खनाल, पुस्कर कार्की र ठूले राई अवकाश भएपछि ज्ञवालीको समूहबाट तारिणी लम्साल र सूर्य उपाध्याय एआइजीका दाबेदार हुन् ।

त्यसपछिको समूहका शैलेश थापा, हरि पाल, प्रद्युम्न कार्की र निरज शाही छन् । डीआइजी पोखरेल यिनीहरुभन्दा कनिष्ट हुन् । एआइजीका पदमा अघिल्लो दुई समूहकै ६ जना भएकाले पोखरेलको बढुवाका लागि महाभारतकै स्थिति रहेको छ । साँघ साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७