सशस्त्र प्रहरीका एसएसपी डिआइजीमा बढुवा सिफारिस


१४ माघ २०७६, मंगलवार
apf nepal 5a6472d405a642 5a8127dce12984.03738872

काठमाडौं, १४ माघ । सशस्त्र प्रहरीका पाँच जना एसएसपी डिआइजी बढुवा सिफारिसमा परेका छन् ।

एसएसपीहरु कृष्णभक्त ब्रह्माचार्य, वंशिराज दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र बस्नेत डिआइजी बढुवाका लागि सिफारिसमा परेका हुन् ।

सोमबार गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७