मन्त्री भुसाल भन्छन्, ‘कृषि कर्म गर्ने कसैलाई निरास बनाउँदिनँ’


१४ माघ २०७६, मंगलवार
bhusal

काठमाडौं, १४ माघ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि कर्ममा लागेका कसैलाई पनि निरास नबनाउने दावी गरेका छन् ।

कृषि क्षेत्रका विद्यमान समस्या र भावी दिनमा मन्त्रालयले गर्नुपर्ने कामबारे मंगलबार पत्रकारसँग छलफल गर्दै उनले किसानका सबैखाले समस्या आफूले नजिकबाट बुझेको र यसको निराकरणका लागि आफू योजनावद्ध रुपमा लागिरहेको बताएका छन् ।

मन्त्रालय सम्हालेपछि आफू सिक्ने र जान्ने क्रममै रहेको भन्दै मन्त्री भुसालले नतिजा देखिने गरी आफू छिट्टै सार्वजनिक रूपमा बोल्ने बताए । ‘म बोल्छु, छिट्टै बोल्छु कृषि कर्ममा लागेका कसैलाई पनि निरास नहुने गरी बोल्छु’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७