प्रदेश-२ की राज्यमन्त्रीले दिइन् राजीनामा, भनिन्, ‘पापको भागीदार बन्न चाहन्न’


१४ माघ २०७६, मंगलवार

जनकपुरधाम, १४ माघ । प्रदेश–२ सरकारको भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पलकुमारी झाले राजीनामा दिएकी छन् ।

उनले मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको कार्यालयमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाएकी हुन् । पत्रमा ‘राज्य मन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन लामो देखिको प्रयासका वावजुद पनि स्थिति अनुकूल हुने अवस्था नभएपछि राजीनामा दिएको उल्लेख छ ।

राज्यमन्त्री झाले मुख्यमन्त्री र आर्थिक मामला मन्त्रीसँग असन्तुष्ट भएर राजीनामा दिएकी हुन् । प्रदेश सरकारले आफ्नै गृह जिल्ला (रौतहट) मा कार्यक्रम गर्दा समेत आफूलाई जानकारी नदिएको उनले गुनासो गरेकी छन् ।

संयुक्त सरकार भए पनि एउटै पार्टीको सरकार जसरी सञ्चालन गरेको, आफूले अघि सारेको जुनसुकै योजना अर्थ मन्त्रालयले रोकेको झाको गुनासो छ । राजीनामापछि उनले भनिन्, ‘डेढ वर्षदेखि निरन्तर प्रयत्न गर्दा पनि पदीय मर्यादा जोगाउन नसक्ने अवस्था आएपछि पापको भागीदार किन बन्ने भनेर राजीनामा दिएकी हुँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७