जीवित ‘देवता’हरूकै यसरी भए उठिबास


२३ पुष २०७४, आईतवार
jatraa7

ललितपुर: भूकम्पमा परेर देवताहरूकै उठिबास लागेको खबर सुन्दा अचम्म लाग्ला तर, ललितपुरको खोकनामा १७ जना जिवित देवताको उठिबास भएको छ।

खोकनामा ४६ जना जीवित देवीदेवताको बासोबास रहेको दाबी यहाँका स्थानीय बासिन्दाको छ। भूकम्पले बास उठेका दर्जनौं जीवित देवीदेवतामध्येका एक हुन्, ७६ वर्षीय मानभक्त महर्जन।

नेवारी संस्कृतिअनुसार २०७१ सालमै उनी ‘देवता’ बनेका हुन्। रकम अभावका कारण घर बनाउन नसकेर टहरामा बस्नुपरेको गुनासो गर्छन् महर्जन। डेढ आना जग्गामा बनेको घर भत्किएपछि अमेरिकी गैरसरकारी संस्थाले दिएको जस्ता हालेर टहरो बनाउने सोचमा छन्, उनी। तर उनले अहिलेसम्म घरको भग्नावशेष पन्छाउन सकेका छैनन्।

महर्जनका अनुसार ४६ जना देवताको छुट्टाछुट्टै कार्यविभाजन गरिएको छ। उनको काम भने पंगा बाजा बजाउने हो। उनी खोकनाका जात्रा, पर्वमा पोंगा बाजा बजाउँछन्। अरु देवताहरू मुकुण्डो लगाएर नाच्ने गर्छन्। पहिला देवता बनेकोमा खुशी लागे पनि उनलाई अहिले खासै रुचि छैन।

उमेर ढल्किएका कारण देवताको भूमिकामा रहन उत्साह नजागेको हो। परिवारमा एक्लो बनेका उनी दमले थलिएको शरीर लिएर टहरामै दिन कटाउँछन्। उनलाई यतिबेला सहाराको खाँचो छ। खोकनामा देवता खलकमा घरको जेठो छोरा देवता बन्ने चलन छ। बुबाको मृत्युपछि जेठो सन्तानलाई त्यो अधिकार दिइन्५। ‘यो चलन राजाको मुकुट हस्तान्तरण गरेजस्तै हो, भैरव देवता ७१ वर्षीय बृलाल महर्जनले भने। बुबाको निधनपछि ३६ सालदेखि उनी भैरव देवताको भूमिकामा छन्।यो समचार अन्नपूर्ण पोष्टमा छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७