नेकपा सचिवालयले तय गर्‍यो केन्द्रीय समिति बैठकका सात एजेण्डा

पार्टी एकीकरणपछि पहिलो पटक केन्द्रीय समितिको बैठक बस्दै


१४ माघ २०७६, मंगलवार
nekapa scaled

काठमाडौं, १४ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले भोलि (बुधबार) देखि बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिएपछि बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेस गर्ने छन् ।

त्यसपछि महासचिव विष्णु पौडैलले सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पेस गर्ने, सातै प्रदेशका प्रदेश इन्चार्जले सांगठनिक रिपोर्ट पेस गर्ने र समसामयिक विषय बैठका एजेण्डा हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

बैठक भोलि ११ बजेदेखि राष्ट्रिय सभागृहमा बस्दैछ । पार्टी एकीकरणपछि पहिलो पटक केन्द्रीय समितिको बैठक बस्न लागेको हो । नेकपाको केन्द्रीय समिति ४४५ सदस्यीय छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७