ट्रिपरको ठक्करबाट युवकको मृत्यु भए लगत्तै युवतीद्वारा आत्महत्या !


१५ माघ २०७६, बुधबार
acc 2

सुर्खेत, १५ माघ । सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहको शव देख्ने वित्तिक्कै एक युवतीले विक्षिप्त भएर आत्महत्या गरेकी छिन् ।

मंगलबार वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेक नजिकै भे १ ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका सिंहको मृत्युको पीडा खप्न नसकेर अरुणा शाहीले झुण्डिएर आत्महत्या गरेको स्थानीयले जानकारी दिएका छन् ।

कालिकोट महावै गाउँपालिका ३ का सिंहको ट्रिपरले हानेर मृत्यु भएपछि सो क्षेत्र हिजो (मंगलबार) दिनभर तनावग्रस्त भएको थियो । सिंहको निधन भएलगत्तै स्थानीयवासी र आफन्तले नाराबाजी गरेका थिए ।

नाराबाजीको क्रममा प्रहरीले दुई राउन्ड हवाइ फायर समेत गरेको थियो । स्थानीयवासी र मृतकका आफन्तले सडक अवरोध गर्दै चर्को विरोध गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गर्नुपरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७