विश्वविद्यालयमा पनि भाग खोज्दै बालुवाटार पुग्यो कांग्रेस


१५ माघ २०७६, बुधबार
baluwatar

काठमाडौं, १५ माघ । सभामुख निर्वाचनमा प्रकट गरिएको सदाशयत ाबापत नेपाली कांग्रेस अहिले संवैधानिक अङ्ग र विश्वविद्यालयका नियुक्तिहरुको भागबण्डामा सक्रिय भएको छ । भनिँदैछ, ‘निश्चित संख्या तोकेरै भाग लगाइयोस् ।’

सभामुख निर्वाचनको पूर्वसन्ध्यामा अर्थात् शनिबार बालुवाटारको छलफलका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले त्रिविबाहेक ६ विश्वविद्यालयका उपकुलपति नियुक्ति ‘मिलेर गर्नुपर्छ’ भन्ने अडान राखे पनि नाम किटेका छैनन् । कहाँ के गर्न सकिन्छ गृहकार्य गरेर फेरि बस्ने सहमतिमा शनिबारको बसाईं टुङ्गिएको छ ।

सत्तारुढ नेकपाभित्र भएको सल्लाहअनुसार सामान्यतया ६ जना उपकूलपतिमा काँग्रेसलाई दुई दिने बारे अबको चलाइनेछ । तर, कुन विश्वविद्यालय भन्नेमा पहिला देउवाकै कुरा सुन्ने र निर्णयमा पुग्ने नेकपा स्रोतले जनाएको छ । अनुमान छ – देउवाले सुदूरपश्चिम विश्वविद्यालय नछाड्लान् । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७