आफ्नै जन्म दिनका दिन विल्सनविक्रम राईलाई पुत्र लाभ


१५ माघ २०७६, बुधबार
takme

काठमाडौं, १५ माघ । हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ छोराको बाबु बनेका छन् । बुधवार विहान उनलाई पुत्र लाभ भएको हो । आज विल्सनको जन्म दिन समेत हो ।

सन् १९८७ जनवरी २९ तारिखमा जन्मिएकाले उनले आफ्नो जन्मदिनको दिन उपहार स्वरुप छोरा पाएकोमा खुशी व्यक्त गरेका छन् । विल्सनले गत वर्षको फागुनमा झापाकी सरिना लामासँग मागी विवाह गरेका थिए ।

बुधवार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा छोरा बोकेको दुईवटा तस्विर साझेदार गर्दै कलाकार विल्सनले आफ्नो जन्मदिनको सबैभन्दा मूल्यवान उपहार रहेको भन्दै खुी साटेका छन् । उनले खुशी हुँदै लेखेका छन्, ‘जीवनको नयाँ चक्र ुरु भएको छ । दुनियाँमा तिमीलाई स्वागत छ मेरो सानो परी बेबी हिरो ।’ छोरालाई हातमा बोकेका विल्सन निकै खुशी मुद्रामा देखिएका छन् ।

बुधवारबाट ३४ औं वर्षमा लागेका विल्सनले सरिनासँग विवाह गरेको ७ महिनापछि विवाहको जानकारी दिएका थिए । उनीहरु स्कुल जीवनदेखि नै एकअर्कासँग नजिक थिए । विल्सनका लागि जन्मदिन अझ खास बन्दैछ । बुधवार दिउँसो उनी अभिनीत नयाँ फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर पनि सार्वजनिक हुँदैछ । यसकारण पनि उनका लागि ३४औं जन्मदिन विशेष बनेको छ ।

थुप्रै फिल्ममा अभिनय गरिसकेका विल्सन ‘मेरी बाँस्सै’ मा ‘तक्मे बुढा’ को भूमिकापछि चर्चामा आएका थिए । अहिले उनलाई वास्तविक नामले भन्दा ‘तक्मे बुढा’ नामले चिन्ने धेरै छन् । उनी अभिनीत पछिल्लो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ हो । यसमा उनी धनकाजीको भूमिकामा थिए । फिल्ममा उनको अभिनय दर्शकले रुचाएका थिए । फिल्म पनि हिट भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७