सांग्रिला डेभलपमेन्ट बैंककाे एकको दुई मुद्दती निक्षेप योजना


१५ माघ २०७६, बुधबार
Sangrila development bank

काठमाडौं, १५ माघ । सांग्रिला डेभलपमेन्ट बैंकले ‘सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना’ सार्वजनिक गरेको छ ।

यो योजना ‘केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष’ अन्तर्गत न्यूनतम मौज्दात पाँच हजार रुपैयाँबाट शुरु गर्न सकिनेछ । यस मुद्दती योजना अन्तर्गत ग्राहकले खाता खोली रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा सुविधा पाउने छन् ।

साथै, दुई वर्ष समयावधी पश्चात खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ग्राहकले १०० प्रतिशत कर्जा सुविधा पाइने बैंकले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु र २६ एटीएम मार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ । साथै, बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७