कामना सेवा बैंकको ‘डबल डिपोजिट मुद्दती खाता’ सञ्चालन


१५ माघ २०७६, बुधबार
kamana sewa bikas bank

काठमाडौं,१५ माघ । कामना सेवा विकास बैंकले ‘डबल डिपोजिट मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै माघ १४ गतेदेखि उक्त खाता सञ्चालनमा ल्याएको हो ।

डबल डिपोजिट मुद्दती खाता योजना अन्र्तगत ग्राहकले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने छन् । यस प्रकारको मुद्दती खाता खोल्नका लागि न्यूनतम १ लाख रुपैयाँ हुनुपर्नेछ । यसैगरी, बैंकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने छ । यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

बैंकले हाल ११७ वटा शाखा तथा ६२ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७