लिभरपुलका मिडिफिल्डर फिलिप बार्सिलोनाले भित्र्यायो


२३ पुष २०७४, आईतवार
फिलिप काउटिन्हो

काठमाडौं: बार्सिलोनाले लिभरपुलका मिडिफिल्डर फिलिप काउटिन्होलाई १४२ मिलियन पाउण्डमा भित्र्याएको छ ।फिलिप काउटिन्हो

२५ वर्षीय ब्राजिलियन प्ले मेकरले ५ वर्षे सम्झौता गरेका छन् र उनको बाइआउट क्लज ४०० मिलियन युरो राखिएको छ । बार्सिलोनाले सिजन सुरु हुनु अघि नै काउटिन्होलाई भित्र्याउन खोजेको थियो । तर, उसका थुप्रै प्रस्ताव लिभरपुलले अस्वीकार गर्‍यो ।

अब बेलायतको सबैभन्दा महंगो ट्रन्सफर रेकर्डका साथ नाउ क्याम्प गएका छन् । काउटिन्हो जनवरी २०१३ मा इन्टर मिलानबाट मात्र ८।५ मिलियन पाउण्डमा एन्पिmल्ड आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७