भोलि प्रदेश प्रमुख तोकिन्छ मन्त्री सुनुवार


२३ पुष २०७४, आईतवार
law minister

काठमाण्डौं : कानूनमन्त्री यज्ञबहादुर सुनुवारले भोलि (सोमबार) को मन्त्रीपरिषद वैठकले सात वटै प्रदेशका प्रदेश प्रमुख तोक्ने जानकारी गराएका छन् ।law minister

मन्त्रिपरिषद् वैठकले प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ गराउने सरकारी योजना रहेको उनले बताएका छन् । सरकारले माघ २४ गते राष्ट्रियसभा चुनाव तय गरिसकेकाले पनि प्रदेश प्रमुख तोक्न ढिलाई गर्न नमिल्ने उनले बताएका छन् । सरकारले यसअघि प्रदेशको अस्थायी राजधानी निक्र्योल गरिसकेको थियो । तर, सरकारले अस्थायी राजधानीका लागि विभिन्न शहरहरुको सिफारिस गरेपछि देशका विभिन्न जिल्लामा आन्दोलनको आगो उठेपछि अहिले सरकार उक्त निर्णयबाट केहि पछि हट्दै तत्कालका लागि राजधानी तोक्ने विषयलाई थाँती राखेको छ ।

अस्थायी राजधानी र अहिले उठेका आन्दोलनका विषयमा के गर्न सकिन्छ भन्नेबारे सरकार परामर्श र छलफलमा रहेको कानूनमन्त्री सुनुवारले बताएका छन् । प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथ गराउने, प्रमुखले प्रदेशका ज्येष्ठ सांसदलाई र प्रदेश प्रमुखले प्रदेश सांसदलाई शपथ खुवाउने कार्य राजधानीमै हुन सक्ने समेत कानूनमन्त्री सुनुवारले बताका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७