क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउँदै


१६ माघ २०७६, बिहीबार
Chris Gayle

काठमाडौं, १६ माघ । आसन्न एभरेष्ट प्रिमियर लिगका लागि वेष्ट इण्डिजका विष्फोटक खेलाडी क्रिस गेल नेपाल आउने भएका छन् ।

गेललाई पोखरा राइनोजले इपीएलका लागि नेपाल ल्याउने लागेको हो । लामो समयको प्रयासपछि गेलले ईपीएल खेल्न राजी भएको पोखरा राइनोजले जानकारी गराएको छ । उनी पोखराको आइकनिक खेलाडी समेत रहेका छन् ।

ईपीएलको सफलताले गर्दा गेलले नेपालमा खेल्न राजी भएको टिमका मालिक दिपा अग्रवालले जनाएका छन् । उनलाई नेपाल ल्याउनका लागि ६ महिना मेहेनत गरेको टिमको भनाइ छ ।

गेल नेपाल आएपछि सबैले सेलिब्रेसन गर्ने इपीएल आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले बताएका छन् । ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

वेस्ट इन्डिजका लागि गेलले १ सय ३ टेस्ट, ३ सय १ वान डे र ५८ टि ट्वान्टी खेलेका छन्। सन् २०१६ मा वेस्ट इन्डिजलाइ टि ट्वान्टी विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण प्रर्दशन गरेका थिए । गेलले ५८ टवान्टी आइ मा १३ अर्ध शतक २ शतक सहित कुल १६ सय २७ रन बनाएका छन् । टि ट्वान्टी आइमा उनको उच्च प्रदर्सन १ सय १७ रन रहेको छ ।

गेलले २०१३ मा रोयल च्यालेन्चर बेङ्ग्लोरवाट राइजिङ्ग पुणे विरुद्ध ६६ बलमा १३ चौका १७ छक्का सहित १ सय ७५ रनमा अविजित रहेका थिए । गेल आइसिसीको एक दिवसिय, टेस्ट र टि ट्वान्टी तिनैमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् ।

गेलले ३ सय १ एक दिवसियमा २५ शतक र ५४ अर्ध शतकमा कुल १० हजार ४ सय ८० रन बनाएका छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७