बैंक अफ काठमाण्डूको सजंयसाई विद्या मन्दिरलाई पाँच लाख सहयोग


१६ माघ २०७६, बिहीबार
Handvoer Cheque 1 1

काठमाडौं, १६ माघ । बैंक अफ काठमाण्डूले भक्तपुरको श्री सजंय साई विद्या मन्दिरलाई पाँच लाख सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्तर्गत विद्यालय हाताभित्र पुस्तकालय निर्माण गर्न सहयोगस्वरुप उक्त रकम दिएको हो।

बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद थापालाई रकम हस्तान्तरण गरेका थिए। २०६८ सालदेखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशूल्क शिक्षा प्रदान गर्दै छ।

बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत सेवा दिदैं आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७