आइएमई सोलुसन र युकेएड सक्षमबीच जनकपुरधामलाई नेपालको पहिलो क्यासलेस शहर बनाउने सम्झौता


१६ माघ २०७६, बिहीबार
1580388267paisacardd

काठमाडौं, १६ माघ ।आइएमई डिजिटल सोलुसन र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीच जनकपुरधामलाई नेपालको पहिलो क्यासलेस शहर बनाउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। जनकपुरमा आयोजित एक कार्यक्रमकाबीच सम्झौता भएको हो।

सम्झौता पत्रमा ‘आइएमई पे’का तर्फबाट सिइिओ विकास कुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौतापछि आइएमई डिजिटल सोलुसन लिमिटेडले जनस्तरसम्म वित्तिय पहुंच पुर्याउन तथा जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहने बताइएको छ। सो अवसरमा पैसा कार्डको पनि औपचारिक सुरुवात भएको छ।

कार्यक्रमको प्रमुख अतिथि तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरको रुपमा विकसित गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।

आइएमईको सिइिओ सुमन पोखरेलले बदलिदो समयमा क्यासलेस आजको आवश्यकता रहेको भन्दै जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौतीसँगै ठूलो सम्भावना रहेको प्रस्ट पारे।

पोखरेलले यसका लागि सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा समेत गरे।
त्यस्तै आइएमई डिजिटल सोलुसन लिमिटेडका सिइिओ विकास कुमार नाहाटाले सहरलाई क्यासलेस बनाउन सकेमा नोट र सिक्का जस्ता भौतिक रुपमा भुक्तानी गर्नुपर्ने झन्झतबाट मुक्त गर्न सकिने बताए।

वित्तीय समावेशीकरणले मानिसहरुलाई बैंक खातामा परम्परागत फारम बिना नै बैंकिगमा जोडिन सकिने छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७