प्रभु बैंकको लाङटाङस्थित केन्जिङ्गमा शाखा कार्यालय सञ्चालन


१६ माघ २०७६, बिहीबार
Screenshot 20200130 110436 Gallery 5zsmXcmIGE 1

रसुवा,१६ माघ । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ०४ स्थित लाङटाङ–केन्जिङ्गमा २०६ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको लाङटाङ शाखा कार्यालयको उद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रसिद्ध केन्जिङ्ग गुम्बाका प्रमुख लामा साङगे लामाले गरे ।

शाखा कार्यालय उद्घाटन गर्दै लामाले प्रभु बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा आधुनिक बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७