६ पटक अन्तरिक्ष यात्रा गरेका जन योङ्गको मृत्यु


२३ पुष २०७४, आईतवार
space

६ पटकसम्म अन्तरिक्ष यात्रा गरेका अमेरिकी अन्तरिक्ष यात्री जन योङ्गको ८७ वर्षको उमेरमा निधन भएको छ । चन्द्रमामा हिंडेका र पहिलो अन्तरिक्ष कार्यक्रमको नेतृत्व गरेका उनी हालसम्मै सर्वाधिक समय अन्तरिक्ष यात्रीका रुपमा काम गरेका छन् ।space

उनले एपोलो र जेमिनिसहितका अन्तरिक्ष अभियानमा सहभागिता जनाएका थिए । सन् २००४ मा अवकाश लिनुअघि योङ्गले अमेरिकी अन्तरिक्ष संस्था नासामा ४२ वर्ष काम गरेका थिए । जेमिनि, एपोलो र अन्तरिक्षयान कार्यक्रम अन्तर्गत काम गर्ने उनी एक मात्र व्यक्ति थिए । सन् १९३० मा सान फ्रान्सिस्कोमा जन्मिएका योङ्गले जोर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एइरोनोटिकल इन्जिनियरिङको पढाइ पूरा गरेका थिए र त्यसपछि अमेरिकी नौसेनामा परीक्षण पाइलटका रुपमा काम गरेका थिए ।

नासाले उक्त कदमका लागि उनको आलोचना गरेको थियो। सन् १९६९ को मे महिनामा चन्द्रमाका लागि उडेको अन्तरिक्ष तयारी मिशन एपोलो टेनुमा पनि उनी सहभागी थिए । सन् १९६२ मा नासामा अन्तरिक्षयात्रीको जागिर शुरू गरेका उनी सबैभन्दा पहिले सन् १९६५ मा ‘जेमीनी थ्री’ मिशन अन्तर्गत अन्तरिक्षमा गएका थिए । पृथ्वीको परिक्रममा गरिरहँदा उनले लुकाएर पु¥याएको स्यान्डवीच आफ्ना सहकर्मी गुस ग्रिसस्मलाई दिएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७