मेस्सीको पाँच सयौं जीतमा बार्सिलोनाको गोल वर्षा


१७ माघ २०७६, शुक्रबार
messi DdqmPkDonK

काठमाडौं, १७ माघ । कप्तान लियोनेल मेस्सीको दुई गोलको मद्दतले लेगानेसमाथि ५–० को फराकिलो जीत निकाल्दै बार्सिलोना स्पेनिस कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भ्यालेन्सियासँग अप्रत्यासित रुपमा पराजित भएको बार्सिलोनाले लेगानेसविरुद्ध सुधारिएको खेल प्रदर्शन गर्दै जीत निकाल्न सफल भएको हो । बार्सिलोनाले खेलको चौथो मिनेटमा नै एन्टोनी ग्रिजमानको गोलमा अग्रता लिएको थियो । २७ औँ मिनेटमा क्लेमेन्ट लेङ्गलेटले बार्साको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा मेस्सीले दुई गोल थपे भने अर्को गोल आर्थर मेलोले थपे । बार्सिलोनाका लागि मेस्सीको गोल संख्या ६२३ पुगेको छ । योसँगै मेस्सीले बार्सिलोनाको जर्सीमा पाँच सयौं जीत पूरा गरेका छन् ।

बिहीबार भएको अन्य खेलमा सेभिया भने दोस्रो डिभिजन टोली मिरान्डेससँग ३–१ ले स्तब्ध बनेको छ । क्वार्टरफाइनलमा बार्सासँगै मिरान्डेस, रियल म्याड्रिड, साबिक विजेता भ्यालेन्सिया, एथ्लेटिक बिल्बाओ, भिल्लेरियाल, ग्रानाडा, रियल सोसिडाडले प्रवेश पाएका छन् । बार्सिलोनाले किर्तिमानी ३० पटक यो प्रतियोगिता जितेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७