आइजिपी खनालसहितको सीआईबी टोलीले बुझायो ललिता निवासको छानबिन प्रतिवेदन


१७ माघ २०७६, शुक्रबार
lalita niwas camp area WRt7CGDkEN 1

काठमाडौँ, १७ माघ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितताको छानबिन गरी गृहमन्त्रालयमा प्रतिवेदन बुझाएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित पुगेको सीआईबीको टोलीले गृहमन्त्रालयलाई बुधबार बेलुकी प्रतिवेदन बुझाएको हो ।

ललिता निवासको ११२ रोपनी जग्गा गैरकानुनीरुपमा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । प्रतिवेदनमा जग्गा अनियमिततामा संलग्नहरुमाथि भ्रष्टाचार, ठगी र किर्तेको अभियोगमा कारवाहीको सिफारिस गरिएको छ ।

कारवाहीको सिफारिस परेकामा अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातदेखि अवकाशप्राप्त निर्वाचन आयुक्त सुधीर शाहसहितका अधिकारीहरु रहेका छन् ।

ललिता निवासको ११२ रोपनी जग्गा २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक गैरकानूनी रुपमा व्यक्तिको नाममा दर्ता भएको थियो । २०४७ सालको अन्तरिम सरकारको पालाबाट सुरु भएको जग्गा हिनामिना प्रकरणमा प्रधानमन्त्रीदेखि मन्त्री हुँदै कर्मचारी र न्यायालयसम्मको सेटिङ मुख्य कारण रहेको तथ्य, प्रमाण र उपलब्ध कागजातहरूबाट पनि खुलिसकेको छ ।

सेटिङमा हडपिएको सो जग्गा पछिल्लो पटक सरकार पुनः फिर्ता ल्याउन प्रयासरत छ । हडपिएको जग्गा सरकारकै नाममा फिर्ता ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा गठित छानबिन समितिको सुझावका आधारमा २०७५ फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले ललितानिवास जग्गा हिनामिना प्रकरणको छानबिन गर्न र संलग्नमाथि कारबाही गर्न अख्तियार र ब्युरोलाई जिम्मा दिएको थियो ।

 

यो पनि पढ्नुहोस्
ललिता निवास प्रकरण : यी हुन् कारबाही सिफारिसमा परेकाहरु (नामावलीसहित)
ललितानिवास प्रकरण : भूमाफियाका ३ परिवारसहित ८६ जनालाई अख्तियारले डाक्यो बयानमा ( नामसहित)
ललिता निवास जग्गा प्रकरणः १८ सय आना जोगाएको विषय गौण, ८ आनाका पछि किन कुदाकुद ?
सरकारी जग्गामा भाटभटेनी र एनआरएनको भवन, गुरुङले ६० रोपनी र एनआरएनएले तीन रोपनी हडपे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७