प्रदर्शनमा उत्रिएका ११ साउदी राजकुमार पक्राउ


२३ पुष २०७४, आईतवार
ubaraj

साउदी सरकारले उपलब्ध गराउँदै आएको बिजुली र पानीको सेवा सुविधामा कटौतीको घोषणाविरुद्ध प्रदर्शनमा उत्रिएका ११ जना साउदी राजकुमार पक्राउ परेका छन् । आफूहरुलाई उपलब्ध गराउँदै आएको सरकारी सुविधा खोसिएको भन्दै उनीहरुले राजधानी रियादमा सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।ubaraj

उनीहरुले आफ्ना आफन्तलाई दिने भनिएको मृत्युदण्डको सजायको निर्णय फिर्ता समेत साउदी सरकारलाई माग गरेका छन् । साउदी अरब सरकारले भने देशमा छाएको आर्थिक मन्दीका कारण राजकुमारहरुको सुविधामा कटौती गर्नुपरेको बताउँदै आएको छ । पक्राउ परेकामाथि सर्वसाधारणको दैनिकी प्रभाव पार्ने गरी प्रदर्शन गरेको आरोपमा कार्बाहीको प्रक्रिया अघि बढाउने तयारी त्यहाँको सरकारले गरेको उल्लेख छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७