फेसबुक, ट्वीटरमा विज्ञापन गरे मुद्रा अपचलनको मुद्दा लाग्ने : राष्ट्र बैंक


१८ माघ २०७६, शनिबार
Rastra Bank

काठमाडौं, माघ १८ । फेसबुक, ट्विटर, युटुव, गुगल जस्ता सामाजिक सन्जाल तथा इन्टरनेटमा गरिने विज्ञापन गैरकानुनी हुने भएको छ।


नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना निकाल्दै सामाजिक संजालमा गरिने विज्ञापनमा अनौपचारिक माध्यामबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी रहेको बताएको हो।

सामाजिक सञ्जालमा विज्ञापन गर्दा डलरमार्फत भुक्तानी हुन्छ। यसकै प्रयोजनका लागि नेपालमा डलर सटही गर्ने र नेपालकै माध्यमबाट भुक्तानी गर्ने सुविधा छैन।

जसले गर्दा देशबाहिरकै माध्यमको प्रयोग गरी यहाँका व्यवसायिक फर्म, संस्था तथा संगठनहरुले सामाजिक सञ्जालमा विज्ञापन गर्दै आएका छन्। भुक्तानीका लागि त्यसरी विदेशी माध्यमको प्रयोग गर्दा यहाँबाट बाहिरिने रकमको लेखाजोखा हुँदैन।

यसरी विज्ञापन गरेवापत भुक्तानी हुने रकम अनौपचारिक हुने भन्दै राष्ट्र बैंकले कडाई गर्न खोजेको छ।

नेपाल राष्ट्र बैंककाअनुसार त्यस्तो कारोबारबाट विदेशी विनियम अपचलन हुने भएकोले कसैले त्यसरी कारोवार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुनबमोजिम कारवाही हुनेछ।

NRB

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७