संजोक राईको ह्याट्रिकमा थ्री स्टारको सानदार जित


१८ माघ २०७६, शनिबार
15454759683star
फाइल तस्बिर

काठमाडौं, १८ माघ । युवा फरवार्ड संजोक राईले दोस्रो हाफमा ह्याट्रिक प्रहार गरेपछि रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सानदार जित हासिल गरेको छ ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले सरस्वती युवा क्लबलाई ४(० ले पराजित गर्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा थ्री स्टारले दुई खेलाडी परिवर्तन गरेपछि उत्कृष्ट प्रदर्शन गरेको थियो ।
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले सरस्वती युथ क्लबविरुद्ध शानदार जित निकालेको छ ।

त्रिपुरेश्वरथित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले रेलिगेशन क्षेत्रको सरस्वतीलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । थ्री स्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरे ।  लाल राम्मव्राले एक गोल गरेकाे हाे ।

सरस्वतीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा चार गोल गर्यो ।भारतीय खेलाडी लाल राम्मव्राले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा सन्जोगले गोल गर्दै थ्री स्टारलाई २-० को अग्रता दिलाए । खेलको ६० औं मिनेटमा सन्जोगले व्यक्तिगत दोस्रो गोल गर्दा थ्री स्टार ३-० ले अघि रह्यो । त्यसपछि खेलको ७१ औं मिनेटमा गोल गर्दै सन्जोगले ह्याट्रिक पुरा गरे ।

 सन्जोग जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् । यस्तै सन्जोग बिस २०७० सालपछि ए डिभिजन लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । जितसँगै थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ । थ्री स्टारले १० खेलमा १७ अंक जोडेको छ। पुछारको सरस्वतीले १० खेलमा ४ अंक जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७