संजोग बने ‘ए डिभिजन’ लिगमा हृयाट्रिक गर्ने पहिलो खेलाडी


१८ माघ २०७६, शनिबार
sanjog

काठमाडौं, १८ माघ । थ्रीस्टारका संजोग राई ‘शहीद स्मारक ए डिभिजन लिग’ २०७६ मा हृयाट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

संजोगको हृयाट्रिकसँगै थ्रीस्टारले शनिबार सरस्वती युथ क्लबलाई ४ शून्य गोलले पराजित गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा सरस्वतीले पहिलो हाफमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा चार गोल  गर्‍यो ।

४८ औं मिनेटमा भारतीय खेलाडी लालराम्भराले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि संजोज मैदानमा चम्किए । ५७ औं मिनेटमा व्यक्तिगत गोलको खाता खोलेका उनले ६६ औं र ७१औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरे । जितपछि थ्रीस्टारले १० खेलबाट १७ अंक जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७