१० हजार मानिसले दिए मर्नका लागि निवेदन, सरकार पर्‍यो अप्ठ्यारोमा


१८ माघ २०७६, शनिबार
death

काठमाडौं, १८ माघ । केहि समयअघि नेपालमा ‘स्वेच्छिक’ मरणको कुरा उठेको थियो । तर, वहस त्यतिकै सेलाएर गएको छ ।

तर, नेदरल्याण्डमा ५५ वर्षमाथि उमेर भएका १० हजार १५६ जनाले सरकारसँग इच्छा मृत्यु (मर्नका लागि आवेदन माग) मागेका छन् । स्वस्थ्यमन्त्री तथा डच सांसद ह्यूगो डि जोङ्गले इच्छा मृत्युबारे संसदमा जानकारी दिएका हुन् । उनले शुक्रबार उक्त जानकारी संसदलाई दिएका हुन् ।

जोङ्गले एक रिपोर्ट पेस गर्दै इच्छा मृत्यु माग्नेमा ५५ वर्षभन्दा माथि उमेर भएका मानिस रहेको बताएका छन् । उनले संसदमा भनेका छन्, ’उनीहरूले आफ्नो जिन्दगी आफै अन्त्य गर्ने बाटो चाहन्छ, तर उनीहरू कुनै विरामी भएर यस्तो निर्यण लिन खोजेका होइनन् ।’

उक्त रिपोर्ट ’ब्यान विजगार्डन कमिशन’ले तयार बनाएको हो । उक्त रिपोर्ट प्रस्तुत गर्दै जोङ्गले जनताको यो निर्यण सरकार तथा समाजका लागि ठूलो मुद्दा भएको तर बेठिक भएको बताएका छन् ।

‘हामी यस सामाजिक मुद्दामा गम्भिर र तर्कसंगत फैसला लिनु पर्ने बेला आएको छ,’ उनले भने, ’केही परिस्थितिवश निराश भएका जनतालाई मद्दत गरी उसलाई जीवन जिउन प्रेरित गर्नु आवश्यक छ, यसका साथै सरकारले ७५ वर्षभन्दा माथिका जनताका लागि इच्छा मृत्यु दिने बारेमा विचार गर्नु पर्दछ ।’

नेदरल्याण्ड सरकारले सन् २००१ देखि इच्छा मृत्युमा रोक लगाएको छ । यसअघि ७५ वर्ष उमेरका मानिसले इच्छा मृत्यु पाउने सम्बन्धी विधेयक पास भएको थियो । जसबाट मानिसले आफ्नो जीवनको अन्त्य गरिमामय तरिकाले गर्न बाटो खुलेको थियो । तर सन् २००१ मा बढीभन्दा बढी मानिसले इच्छा मृत्यु चाहेपछि यो व्यवस्था बन्द गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७