सलमानलाई खानलाई अदालतमै ज्यान मार्ने धम्की !


२३ पुष २०७४, आईतवार
Salman Khan Bollywood

अहिलेका सर्वाधिक चर्चित बलिउड अभिनेता सलमान खानलाई भारतका एक गुण्डा नाइकेले अदालतमै ज्यान मार्ने धम्की दिएका छन् । अन्तर राज्य गिरोहका नाइके लरेन्स विश्रोइले जोधपुरस्थित कोर्टमा उपस्थित भएका सलमानलाई मार्ने धम्की दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।Salman Khan Bollywood

सलमान अहिले फिल्म सुटिङ्गका क्रममा जोधपुरमा छन् । ती गुण्डाले जोधपुरमै मार्ने धम्की दिएका हुन् । त्यहाँको अदालतमा सलमान खानले कालो हरिण मारेको मुद्दा २० वर्षदेखि चलिरहेको छ । सुटिङ्गकै क्रममा आफ्नो मुद्दामा बहस भइरहेका बेला विहीबार सलमान अदालत पुगेका थिए । अदालतमै पुगेका बेला अन्तर राज्य गिरोहका नाइके लरेन्सले ज्यान मार्ने धम्की दिएका हुन् । धम्की दिएपछि प्रहरीले उनलाई पक्राउ गरी जोधपुर अदालतमा पेश गरेको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७