एकै परिवारका ६ जना नेपाली सेनामा भर्ती


१९ माघ २०७६, आईतवार
8vK6TyucZKWb70yS5OQ1

काठमाडौं, १८ माघ । गौरवमय इतिहास र परम्परा बोकेको नेपाली सेनामा एकै परिवारका छ जना दाजुभाइ भर्ती भएको पाइएको छ । एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित गर्ने बाबुआमालाई सम्मान गर्ने परिपाटी शुरु गरेसँगै यो तथ्याङ्क जानकारीमा आएको हो ।


प्रधानसेनापति पूर्णचन्द्र थापाले दाङको घोराहीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा पाँच सैनिकका बाबु रोल्पा थवाङ–३ का ७० वर्षीय कर्णसिंह पुनलाई सम्मान गरी उक्त कार्यको शुरुआत गरे । भक्तबहादुर, प्रदीप, राजकुमार, नरजित र लालमुनी पुनका पिता कर्णसिंहलाई सम्मेलनमा रु १० हजार नगद र कदरपत्र प्रदान गरियो ।


सैनिक कल्याणकारी निर्देशनालयका अनुसार सेनाले यस वर्ष एकै घरका चारभन्दा बढी सन्तान सेनामा हुने १५ जना अभिभावकलाई भूतपूर्व सैनिक सम्मेलनमा सम्मान गर्ने कार्यक्रम राखेको छ । प्रत्येक प्रधानसेनापतिको कार्यकालमा हुने भूतपूर्व सैनिक सम्मेलनमा चारभन्दा बढी सन्तान सैनिक सेवामा कार्यरतका अभिभावकलाई सम्मानस्वरुप रु १० हजार र कदरपत्र प्रदान गरिनेछ ।


सेनामा चार–चार जना छोरा भर्ति भएका तेजबहादुर रावल, अनुरुपा बुढा र खड्गबहादुर वली सुर्खेतमा आयोजित भूपू सैनिक सम्मेलनमा सेनाबाट सम्मानित भए ।


उनीहरुलाई प्रदान गरिएको कदरपत्रमा लेखिएको छ, नेपाली सेनामार्फत राष्ट्र र नागरिक सुरक्षा, राष्ट्र निर्माण, प्रकृति संरक्षण, विपद् व्यवस्थापन, विश्व शान्तिजस्ता विशिष्ट सेवामा समर्पित हुन आफ्ना सन्तानलाई प्रेरणा प्रदान गरी सेनाप्रतिको अटल विश्वास, आस्था र सद्भावका लागि पु¥याएको योगदान उच्च मूल्याङकन गरिएको छ ।


पाँच सैनिककी आमा वीरेन्द्र नगरपालिकाका कलादेवी सिँजापतिलाई पनि प्रधानसेनापतिले सोही समारोहमा नगद पुरस्कार र कदरपत्र प्रदान गरियो । मुलुकमा भूतपूर्व सैनिक र एकल महिलाको सङ्ख्या करीब ७० हजार छ । सम्मेलनका क्रममा तत्क्षेत्रमा तैनाथ सैनिक गणद्वारा प्रस्तुत हुने झाँकीसहितको गीत सङ्गीत र नृत्य मौलिक कला र संस्कृतिको प्रवद्र्धनमा योगदान पुग्दै आएको छ ।


तेघरी व्यारेक धनगढीमा आयोजना हुने सम्मेलनमा चार–चार जना सन्तान सैनिक सेवा रहने अभिभावक हरिसिंह रावत (बैतडी), दत्तराम ओड (डडेल्धुरा) हरिनादेवी भण्डारी ९बैतडी० धर्मादेवी ऐर (डडेल्धुरा) ममतादेवी चैसिर (दार्चुला) र रवीलाल पौडेल (बर्दिया)लाई सेनाले सम्मान गर्दैछ ।

छ सैनिकका मातापिता को हुन त ?

डोटी, भूमिराजमाडाँै–९ का प्रेमराज र बासुली जैसीका पाँच छोरा र एक छोरी नेपाली सेनामा कार्यरत छन् । जैसीदम्पतीका छोरा टीकाराम, धर्मराज, छविलाल, भोजराज र हरिश तथा छोरी सरिताकुमारीले सेनाको सङ्गठनमा रही देशको सेवा गरेका छन् । इमामनगर व्यारेक नेपालगञ्जमा हुने कार्यक्रममा चार सैनिकका पिता बर्दिया बाँसगढी नपा–८ रविलाल पौडेल पनि नेपाली सेनाबाट सम्मानित हुनेछन् ।

सम्मेलनका क्रममा भूपू सैनिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर, सहभागीलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका उत्कृष्ट व्यवसायीलाई पुरस्कार, नयाँ उद्यमीलाई सहुलियत ब्याजदरमा कर्जा, ज्येष्ठ भूपू र एकल महिलालाई सम्मान तथा अशक्तलाई ह्वीलचियर प्रदान गर्दै आएको छ ।

नवलपरासीकी ७३ वर्षीया चुमादेवी जिसीका छोरा तिलक, चित्र, रामचन्द्र, रामबहादुर, राजेन्द्र र प्रवीणले सैनिक सेवाबाटै राष्ट्र र जनताको सेवा पुर्याए । उनीहरुकी आमा चुमादेवीलाई सेनाले फागुन १४ गते बुटवलमा आयोजना हुने सम्मेलनमा सम्मान प्रदान गर्ने कार्यक्रम छ । पाल्पा तिनाउ–६ का ८५ वर्षीय कुलबहादुर सारुका चार जना छोरा पनि सैनिक सेवामै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७