‘हुरुक्कै भए म’ गीत लिएर ‘हुरुक्कै’ बनाउँदै आईपुगे राजेशपायल, दयाहाङ र एलिसा राई (भिडियो)


१९ माघ २०७६, आईतवार
rajesh payal rai

काठमाडौं, १९ माघ । अहिले गायनमा राजेश पायल राई र अभिनय क्षेत्रमा दयाहाङ राई र एलिसा राई निकै चर्चामा छन् ।

कला क्षेत्रका यी तीन ‘बेजोड’ कलाकारलाई सँगै देखौं भन्ने दर्शक–श्रोताको चाहना बल्ल पूरा भएको छ । अहिले बजारमा यी तीन कलाकारको सहकार्यमा निकै रमाइलो गीति भिडियो बजारमा आएको छ । राजे पायल राईका अधिकांश गीत निकै बेजोड हुने गर्छन् नै । यस भिडियोले गीतमा नृत्यसँगै मनछुने अभिनयले समेत दर्शक–श्रोतालाई सहजै खिच्छ ।

‘हुरुक्कै भए म’ बोलको यस गीतको अर्को विशेषता भनेको यसमा देखिइएको दृष्यले समाजको कथा समेत खोज्ने र खोतल्ने काम गरेको छ ।

‘हुरुक्कै भएँ म’ बोलको गीतमा दयाहाङ राईलाई एउटा चित्रकारको रुपमा प्रस्तुत गरिएको छ । यस्तै एलिसा राईलाई शिक्षिका । दया बोल्न सक्दैनन् भन्ने भिडियोको अन्त्यमा मात्रै उनकी प्रेमिकाले थाहा पाउँछिन् ।

राजन मुकारुङको शब्दलाई राजेश पायल राईको स्वर र दया–एलिसाको अभिनयले जीवन्त बनाएको छ । गीतमा दिनेशकाजी वान्तवाको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको छ । भिडियोमा समाराको शृंगार, अनिल रानाको सम्पादन, भुपेन्द्रको छायांकन र किरण चाम्लिङ्ग राईको निर्देशन रहेको छ ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७