अनिश्चित बन्दै एकता संयोजन समितिको बैठक


२३ पुष २०७४, आईतवार
Oli Dahal

काठमाण्डौं : आज (आइतबार) बस्ने भनिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समिति बैठक स्थगित भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौसम प्रतिकुलताका कारण काठमाण्डौं आउन नसकेपछि बैठक स्थगित भएको हो ।Oli Dahal

केही दिनदेखि गृह जिल्ला चितवनमा रहेका प्रचण्ड खराब मौसमका कारण जहाज नचलेपछि त्यहीं रोकिएका थिए । प्रचण्डको निजी सचिवालयका अनुसार उनी आइतबार सडक मार्ग हुँदै काठमाण्डौं हिंडेका छन् । उनी काठमाण्डौं आएपछि राजनीतिक भेटघाट हुने जनाइएको छ । वाम एकताको पक्षमा रहेका नेपाली आजको वैठक स्थगित भएको खबरले निरास बनेका छन् ।

अध्यक्ष ओलीका प्रेस सहयोगी चेतन अधिकारी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले प्रचण्डा काठमाडौं आएपछि भेटबारे टुङ्गो लाग्ने बताउँछन् । एमाले अध्यक्ष ओली आगामी २६ गते उपचारका लागि थाइल्याण्ड जाँदैछन् । त्यसअघि एकताका एजेण्डा तय गर्ने तयारीमा नेताहरू छन् । तर, वैठक बस्ने मिति तय गर्ने तर, फेरि स्थगित गर्ने कुराले अब चाँडै एकता समितिको वैठक बस्नेमा सर्वसाधरणले शंका व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७