आयल निगमको अनियमितताका आरोपीमाथि लिन थालियो बयान


२३ पुष २०७४, आईतवार
nigma d4RHcBdDAP

काठमाण्डौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेकाहरुमाथि बयान लिन थालेको छ ।nigma d4RHcBdDAP

अख्तियारले आइतबारदेखि अनियमितता प्रकरणमा जोडिएका धधिकारीमाथि बयान लिन थालेको हो । अख्तियारले आइतबार निगमका प्रबन्धक पुष्कर कार्कीसँग बयान लिएको छ । कार्की निगमका आठौं तहका कर्मचारी हुन् । कार्कीसँगै अख्तियारले निगमका अन्य उच्च अधिकारीको पनि वयान लिने जनाएको छ । अख्तियारले निगम अधिकारी र सञ्चालक समितिका सदस्य गरी करीब ३५ जना वयानको सूचीमा छन् । यसअघि निगमले जग्गा खरिद प्रकरणमा संलग्न देखिएका ४० जनाभन्दा बढीसँग वयान लिइसकेको छ भने दुई सयभन्दा बढीसँग कागज गराएको छ ।

अख्तियारले निगमको इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा भएको अनियमितताको वस्तुस्थिति बुझ्न दुई पटक स्थलगत अनुगमन र अवलोकन गरिसकेको छ । जग्गा खरिद गरिएका झापा, सर्लाही, भैरहवा र चितवनमा पुगेर अख्तियारले जग्गाधनीसँग कागज गर्नुका साथै खरिद, विक्रीमा संलग्न स्थानीय तहका अधिकारी, एजेण्ट लगायतका पक्षको वयान पनि लिएको छ । जग्गा खरिदमा कतिपय स्थानमा आयल निगमले सिधै जग्गा खरिद गरेको देखिएको अनुसन्धनमा खुलेको छ ।

त्यस्तै, कतिपय स्थानमा बिचौलियामार्फत् र कतिपय स्थानमा जग्गाधनी, बिचौलिया र ठेकेदारमार्फत निगमले जग्गा खरिद गरिएको पाइएको छ । इन्धन भण्डारणका लागि गत वर्ष जग्गा खरिद गर्दा चल्तीको मूल्यभन्दा चार गुणा बढी रकम तिरिएको ठहर तत्कालीन उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले गरेको अध्ययन प्रतिवेदनले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७