ओली-प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, भारतद्वारा जारी नक्सा ‘अमान्य’


१९ माघ २०७६, आईतवार
cpm

काठमाडौं, १९ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

चार दिनदेखि जारी केन्द्रीय समिति बैठकमा समूहगत छलफलपछि हलले सर्वसम्मत रुपमा अध्यक्षद्वको प्रतिवेदन पारित गरेको हो । बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि विभिन्न १५ समूहमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको अध्यक्ष प्रचण्डले जवाफ समेत दिएका थिए । सो क्रममा प्रचण्डले केन्द्रीय सदस्यहरुले दिएको सुझावलाई मनन गर्दै पार्टी अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

बैठकले भारतद्वारा हालै जारी भएको नयाँ नक्सा अमान्य हुने निर्णय गरेको छ । भारतले हालै नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र आफ्नो भू–भागमा समेटी नयाँ नक्सा जारी गरेको थियो । त्यसविरुद्ध नेपालमा चर्काे जनआक्रोश पैदा भएको छ ।
सत्तारुढ दल नेकपाले सो नक्सा अमान्य हुने घोषणासहित नेपाल सरकारलाई अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्न सुझाव पनि दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७