कुमारी बैंकको नयाँ शाखारहित बैंकङ सेवा सुरु


१९ माघ २०७६, आईतवार
1580640748kumaribank

काठमाडौं, १९ माघ । कुमारी बैंक लिमिटेडले कास्की जिल्लाको छोम्रोंगबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

उक्त शाखारहित बैंकिङ सेवाको उद्धघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरे।उद्धघाटन समारोहमा शाखारहित बैंकिङ्ग सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको छ।

बैंकले कास्की जिल्लामा ३ शाखाहरु पोखरा, लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ। बैंकले नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७