प्रभु बैंकको नयाँ शाखा धर्मस्थलीमा सञ्चालन


२० माघ २०७६, सोमबार
prabhu bank

काठमाडौं, २०, माघ । प्रभु बैंक लिमिटेडले काठमाण्डौंको तारकेश्वर नगरपालिका वडा नं. ८स्थित धर्मस्थलीमा  २०७ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको धर्मस्थली शाखा कार्यालयको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले गरेको हो ।

  प्रमुख अतिथी श्री रामेश्वर वोहोराले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देश भरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना दिए ।

बैंकका धर्मस्थली शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७