नेम्वाङ भने,’प्रदेश प्रमुख तोक्ने तर प्रदेशकाे राजधानी नतोक्नु गैरसंवैधानिक’


२३ पुष २०७४, आईतवार
subash nembang

काठमाडौं: नेकपा एमालेका नेता सुवास नेम्वाङले राष्ट्रियसभा निर्वाचनको लागि दिइएको समय अनावश्यक भएको टिप्पणी गरेका छन् ।subash nembang

सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ २४ का लागि घोषणा गरेकोमा नेम्वाङले असन्तुष्टि जनाएका हुन् । ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयक अन्र्तक्रियामा बोल्दै उनले सरकार गठन प्रक्रिया अवरुद्ध गर्ने नियतले राष्ट्रियसभा निर्वाचनका लागि अनावश्यक समय दिइएको टिप्पणी गरे । यति लामो समय अनावश्यक भएको उनको तर्क थियो ।

प्रदेश प्रमुख तोक्ने तर प्रदेश राजधानी नतोक्ने सरकारको चाल गैरजिम्मेवार र गैरसंवैधानिक समेत भएको नेम्वाङको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७