राजेश पायल राईको स्वरमा ‘झिम झिम परेलीले…’ सार्वजनिक


२ भाद्र २०७४, शुक्रबार

alisha Rai

काठमाडौँ : गायक राजेश पायल राईको स्वर रहेको गीत ‘झिम झिम परेलीले…’ सार्वजनिक भएको छ । बिरेन लिङदेनको शब्द र संगितकार तथा गायक महेन्द्र राईको संगित रहेको गीत बुधबार सार्वजनिक भएको हो । गीतको एजेन्ज टंक बुढाथोकीले गरेका छन् ।

गीतको म्युजिक भिडियो चलचित्र ‘लुट २’ की सुन्दरी एलिसा राई र भिमफेदी समुहले फिचरिङ गरेको छन । मनि के बान्तावाको निर्माणको भिडियो निर्मल लामाले निर्र्देशन गरेको हुन् । भने उत्सब दाहालले छायांकन गरेका हुन ।

लेखक लिङदेन यस गीतबाट धेरै उत्साहित भएको बताएका छन् । उनले भनेका छन्, ‘अहिलेका मेगास्टार तथा राई इज किङ राजेश पायल राई ज्यूको कर्णप्रिय स्वरमा रहेको छ, दर्शक स्रोताहरुले मन पराइदिनुहुनेछ’ । त्यस्तै उनले गायिका दीपा तामाङ, दर्पण राई र बि.पि. लिङदेनलाईमा गीतमा निर्माणमा विशेष सहयोग गरेको भन्दै धन्यवाद दिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७