नेपालमै बनेको बजाजको ‘डोमिनार’ बाइकको विक्री शुरू, धेरै विशेषता, मूल्य कम


२१ माघ २०७६, मंगलवार
bike

काठमाडौं, २१ माघ । नेपालमै एसेम्बल भएको बजाजको ‘डोमिनार–४००’ बाइकको विक्री शुरू भएको छ । यो ‘डोमिनार ४००’ हाल टेकुस्थित शोरूमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

bazzaj

यो मोटरसाइकल भारतमा बनेको भन्दा सस्तो भएको बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजका अध्यक्ष शेखर गोल्छाले जानकारी दिएका छन् । केही समयपछि यो मोटरसाइकल अरु शोरूममा पनि उपलब्ध हुने उनले बताए ।

गत वर्षको बजेटले मोटरसाइकलमा सिसि अनुसार कर लगाएपछि यसको मूल्य ५ लाख ८९ हजार ९ सय पुगेको थियो । नेपालमै एसेम्बल भएपछि यसको मूल्य ५ लाख २९ हजार ९ सयमा झरेको छ ।
भरतमा निर्मित र नेपालमा निर्मित डोमिनारमा खासै भिन्नता नभएको कम्पनीका एक कर्मचारीले जानकारी दिए । ‘यसमा भाइब्रेसन घटाइएको छ र एग्जस्ट २ ओटा राखिएको छ अरु भिन्नता छैन,’ उनले भने ।

३७३.३ सिसीको डोमिनार ८६५० आरपिएममा ४०पिएस पावर र ७००० आरपिएममा ३५ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्धन क्षमता १३ लिटर छ भने २५.५९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसमा डुअल च्यानल एबिएस, एलइडी टेल लाइट, स्पिडोमिटर लगायतका फिचर्स छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७