खप्तड गोल्डकप: धरानलाई हराउदैं संकटा क्वाटरफाईनलमा


२३ पुष २०७४, आईतवार
GOLDCUP 4
????????????????????????????????????

धनगढी: काठामण्डौको सिएमजी संकटा धनगढीमा जारी अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ । धनगढी रंगशालामा आज भएको खेलमा धरानको धरान फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ ले पाखा लगाउँदै संकटा अन्तिम आठमा पुगेको हो ।

GOLDCUP 1

पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौ गोल गर्ने मौका पुमाउँदा धरान पेनाल्टी सुटआउटमा संकटालाई खेल सुम्पन वाध्य भएको हो । पहिलो हाफको २६ औं मिनेटमा धरानले पाएको पेनाल्टी खेर फालेको थियो । धरानका लागि प्रकाश वुढाथोकीको पेनाल्टी प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले वचाएका थिए ।

सुरुमा ५-५ जनाको प्रहारमा दुवै टीमले ३-३ गोल गरेपछि थप भएका २-२ वटा पेनाल्टी प्रहारमा संकटाले दुवैलाई गोलमा परिणत ग¥यो भने धरानले एकलाई गोल गर्दा अर्को प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले वचाए । दुई गोल रोकेर टिमलाई जिताएका उनी खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्स म्यान अफ द म्याच भए । म्यान अफ द म्याच भएका उनले नगद १० हजार हात पारे ।

GOLDCUP 4

पेनाल्टी सुउआउटमा संकटाका अनिल गुरुङ विश्व अधिकारी सरोज दाहाल सुजित थापा अभिशेष रिजालले गोल गर्दा सुसिल लामा र भुष सुव्वाको प्रहार धरानका गोलरक्षक रोशन खड्काले वचाए । धरानका लागि वर्तमान राई रोमन लिम्वु सुरज विक प्रकाश वुढाथोकीले पेनाल्टी प्रहारलाई गोल गर्दा सन्जय राई र रोशन खड्काको प्रहारलाई संकटाका गोलरक्षक विजय श्रेष्ठले वचाए भने सुवोश शाहीको प्रहार आउट भयो ।
जितपछि प्रतिक्रिया दिदै संकटाका प्रशिक्षक सल्यान खड्गीले पहिलो हाफमा आफ्नो टीम दवावमा रहेको र लामो यात्रा गर्दा खेल्न केही समस्या भएपनि दोस्रो हाफमा राम्रो खेल्न सकेका कारण जितेको वताए । धरान फुटवल क्लवका प्रशिक्षक अशोक राईले सोचे अनुसारकै खेलेको र मैदानको वारेमा जानकारी नभएकोले नतिजा आफ्नो पक्षमा आउन नसकेको वताए ।
प्रतियोगिता अन्तर्गत भोली १४ महिनापछि फुटवलमा फर्किदै गरेको थ्री स्टार क्लव र झापा ११ वीच प्रतिस्पर्धा हुनेछ । पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म धनगढीमा सञ्चालन हुनेछ । प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १ सय ११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ । यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५-१५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०-१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ प्रतियोगिताका प्रवक्ता ओम विक्रम चन्दले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७