प्रहरी प्रमुखको सरुवा, एक महिनापछि बल्ल पायो चितवनले नयाँ एसपी

एसपी गंगा पन्त पर्सा सरुवा


२१ माघ २०७६, मंगलवार
sp

काठमाडौं, २१ माघ । प्रहरी प्रधान कार्यालयले केही जिल्लाका प्रहरी प्रमुखको सरूवा गरेको छ ।
चितवनमा एसपी नान्तीराज गुरूङलाई पठाइएको छ । यहाँ यसअघि एसपी गंगा पन्तलाई सरूवा गरिएको थियो ।

अहिले पन्तलाई चितवन जान रमना नदिई गुरूङलाई सरूवा गरिएको हो । एसपी पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर काठमाडौं प्रहरी परिसर सरूवा भएका छन् । बारामा एसपी कृष्ण पंगेनीलाई पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
चितवनमा गत पुसदेखि एसपी रिक्त थियो । एसपी दानबहादुर मल्लको सरूवा भएको लामो समयदेखि यहाँ प्रहरी प्रधान कार्यालयले एसपी पठाउन सकेको थिएन ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्व सुरक्षागार्ड मल्लले सरूवा भएको १५ दिनसम्म चितवन छाडेका थिएनन् । उनलाई रमना लिएर चितवन छाड्न बागमती प्रदेश प्रहरी कार्यालयले २४ घण्टे अल्टिमेटम नै दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७