माछापुच्छ्रे बैंकले विदेशी बैंकबाट ल्यायो एक अर्ब, कृषि र पर्यटन क्षेत्रमा लगानी गर्ने


२१ माघ २०७६, मंगलवार
machhapuchre c aswa sewa4163

काठमाडौं,२१ माघ । माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रकि बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात  १ अर्व रुपैयाँ भन्दा बढि पैसा नेपाल भित्र्याएको छ ।

यसअघि दुवईस्थित माश्रकि बैंकबाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौता अनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात माछापुच्छ्रे बैंकले १० मिलियन अमेरिकी डलर अर्थात  १ अर्वभन्दा बढी पैसा नेपाल भित्र्याएकोे हो ।

नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्थाअनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।

माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रकि बैंकबाट ल्याएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७